Madheshlive.com

नेपालमा ४३ हजार क्षयरोगी, ३४ हजार मात्र औषधी खाँदै

245 पटक पढिएको

सिरहा, १२ चैत । हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा आएका छैन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माका अनुसार माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले समयमै उपचार गरे सहज ढङ्गबाट निको हुने क्षयरोगलाई मानिसकै लापर्बाहीका कारण उपचार गर्न कठिन हुने जीवाणु विकसित हुँदै गएको बताए । उनका अनुसार नेपालबाटै क्षयरोग र यसको जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ 

यसैविच, सिरहामा शुक्रवार ‘क्षयरोग अन्त्यका लागि सबै संगठित ओऊ’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाइयो । दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा गोलबजारमा प्रभातफेरी तथा र्याली निकालेर कोणसभा गरियो ।

स्वास्थ्य चौकी गोलबजारका इन्चार्ज निरञ्जन शाक्यका अनुसार सिरहामा ७५ महिला र १२६ पुरुष गरी कूल २ सय १ जना क्षयरोगका विरामी छन् ।