Madheshlive.com

मैले यस कारण जित्न आवश्यक छ – तुलसी प्रसाद यादव

58 पटक पढिएको

आगामी मंसीर २१ ग्ते प्रतिनिधी सभा र प्रदेश सभा दुवैको निर्वाचन एकै पटक एकै दिन हुँदैछ । यस निर्वाचनमा सिरहा क्षेत्र नंं ४ को ख प्रदेश सभाका लागि एमालेको नेता म तुलसी प्रसाद यादव संयुक्त वाम गठबन्धनको तर्फवाट उम्मेदवार भएको छु । म यस प्रदेश सभाका जनतासंग निम्न निवेदन गर्दै मैले जित्न आवश्यक भएको कुरा दर्शाउन चाहान्छु ।
१ यतिवेला एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धन बनेको कारण केन्द्रमा र ७ वटै प्रदेशमा आगामी सरकार संयुक्त वाम गठबन्धनको बन्ने निश्चित छ । जसको सरकार बन्छ उसैको उम्मेदवारले जिते मात्र यस क्षेत्रको विकास हुन्छ । बिकासका लागि बजेट ल्याउन सजिलो हुन्छ । त्यसकारण यस प्रदेश सभामा मैले जित्न आवश्यक छ । जनताको हितमा छ ।
२ गत स्थानीय निर्वाचनमा एक्लै एमालेले ६० प्रतिशत सिट जितेको छ । अहिले माओवादी पनि मिसिएको कारण संयुक्त वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित छ । त्यसकारण यस क्षेत्रमा पनि मेरो जित आवश्यक छ ।
३ मसंग सिरहा क्षेत्र नंं ४ को प्रदेश सभा ख को बिकास गर्ने योजना र नक्शा छ । यो क्षेत्र सधै कुनामा पर्यो । बिकासमा सधै उपेक्षित भयो । किनकी यहाँको कोई मजवुत र सक्षम नेता जितेर गएनन्। ज्हिले पनि बाहिरकाहरु आएर जितेर गए । यस पटक म यस क्षेत्रलाई एउटा दर्रो नेतृत्व दिन तयार भएको छु । त्यसकारण मैले जित्न आवश्यक छ ।
४ देशमा राजनैतिक क्रान्ति पुरा भएको छ । अव आर्थिक समृद्धिको लागि काम गर्ने दिन आयो । देशले आर्थिक बिकास गर्नका लागि वामपन्थीहरुको बलियो र स्थिर सरकार आवश्यक छ । केन्द्रमा वाम सरकार भए पछि प्रदेशमा पनि वाम सरकार आवश्यक हुन्छ । अनी बिकासका लागि तालमेल मिल्छ । त्यसकारण यहाँवाट वाम उम्मेदवार म तुलसी प्रसाद यादवले जित्न आवश्यक छ ।
५ वामपन्थीहरुले मात्र गरीव , दलित र कमजोर वर्गहरुको उत्थान गर्ने कार्यक्रम ल्याउन सक्छ र ल्याउँछ । कांग्रेसले सरकार चलायो तर केही गरेन । एमाले र माओवादीले सरकार चलाउँदा वृद्ध भत्ता आयो , स्थानीय निकायलाई बिकास वजेट आयो , जनता आवास कार्यक्रम आयो । भूमिहिनहरुलाई जग्गा दिने कार्यक्रम आयो । लोडसेडिङ्गको अन्त्य भयो । अवका दिनमा पनि वामपन्थीहरुले नै जनताको बिकास गर्छन् । त्यसकारण वामपन्थी उम्मेदवार म तुलसी प्रसाद यादवले जित्न आवश्यक छ ।
६ हुलाकी राजमार्ग , रेल लाईन , घर घर विजली , मिर्चैया कल्याणपुर सिरहा सडक , कमला नदीको मजवुत तटवन्ध , कल्याणपुरमा क्याम्पस , कल्याणपुर र विष्णुपुरको शहरीकरण , नरहा कल्याणपुर सडक पिचिङ्ग , खानेपानी , सिंचाई , कल्याणपुरमा प्राथमिक स्वास्थ्य केन्द्र आदि जस्ता बिकासको मैले मात्र ग्यारेण्टी दिन सक्छु । त्यसकारण म तुलसी प्रसाद यादवले जित्नै पर्छ ।
७ यस क्षेत्रका नेपाली कांग्रेस र राजपा फोरमका नेताको औकात र तागत छैन कि यस क्षेत्रमा विकास ल्याओस् । गणेश मण्डललाई सोध्नुस विगत ५ वर्षमा उनले के गरे ? एउटा झिंगा मार्ने काम पनि गरेनन् । यस भन्दा अगाडीका राज किशोर यादवलाई सोध्नुस् उनले ५ वर्षमा के गरे । सवैभन्दा ठुलो काम श्रीमतिलाई समानुपातिकवाट सभासद बनाए । आज कुन मुखले जनतासंग भोट माग्ने ? त्यसकारण म फ्रेस उम्मेदवार तुलसी प्रसाद यादवलाई भोट दिनुस् । मैले जित्न आवश्यक छ ।
८ मैले गाविसको अध्यक्ष हुँदा एक रुपैया भ्रष्टाचार नगरीकन काम गरेर देखाएको छु । मेरो ईमान्दार छविवाट यहाँका जनता प्रभावित छन् । आगामी दिनमा पनि म निष्ठापूर्वक काम गर्नेछु । जनताको सेवा गर्नेछु । त्यसकारण मैले जित्न आवश्यक छ ।
९ मधेसवादी दलहरु आफैमा लडेर झगडेर विलाएर जाने स्थितिमा छन् । उनीहरुले कहि कतै एक दुई सिट जिते भने पनि आश्चर्य हुने स्थिति छ । उनीहरुको अवस्था नाजुक छ । पार्टीका ठुला नेताहरु नै एमाले र माओवादीमा प्रवेश गर्दैछन् । त्यसकारण मधेसवादी दलहरुको कुनै भर छैन । ठेगान छैन । त्यसकारण राष्ट्रको वागडोर सम्हाल्न सक्ने मजवुत पार्टी वाम गठबन्धनका उम्मेदवार म तुलसी प्रसाद यादवलाई जिताउन आवश्यक छ ।
१० प्रतिनिधी सभाका लागि संयुक्त वाम गठन्धनका उम्मेदवार कमरेड अजय शंकर नायक पनि क्षमतावान , सशक्त र पहुँच भएका नेता हुन्। उनको र मेरो जोडीले यस कुनामा परेको क्षेत्रलाई बिकासले भरिपूर्ण पार्ने छौं । त्यसकारण कमरेडक अजय शंकार नायकलाई हसिया हथौडा छापमा र म तुलसी प्रसाद यादवलाई सूर्यमा मतदान गरी विजय बनाउनुहोस्