Madheshlive.com

राजनितिमा मैले चाणक्य आचरण पालन गरेको छु –लीलानाथ श्रेष्ठ

290 पटक पढिएको


२६ सय वर्ष अगाडीका एक प्रशासक थिए  चाणक्य , जो महान विद्वान पनि थिए । उनको वारेमा लेखिएको छ , उनी राज्यको काम गरुन्जेल राज्यको मैनवत्ती वाल्थे । जव आफ्नो काम गर्न थाल्थे अनि राज्यको मैनवत्ती निभाएर आफूले किनेको मैनवत्ती वाल्थे । हुनत उनले मौर्य वंशको शासन स्थापना नै गराएका थिए तर आज पर्यन्त उनको चर्चा उनको नीति र आचरणका लागि गरिन्छ ।
राज्य सत्ताको ठुलो ठाउँ वा ओहदामा म पुगेको छैन । तर ५ वर्ष जिल्ला बिकास समिति सिरहाको उप सभापति भएर काम गरेको छुु । म आवद्ध रहेको दल नेकपा एमालेको जिल्ला अध्यक्ष हुँदै अहिले केन्द्रीय कमिटीको सदस्य भएको छु । लगभग ४० वर्ष भयो मेरो राजनैतिक जीवनको ।  इतिहासको पन्नामा सिमित चाणक्यको कथा सुन्दा अहिलेको भष्ट्रिकरणले गाँजेको समाजमा अचम्म लाग्न सक्छ । तर म दावी गर्छु मैले मेरो राजनैतिक जीवनमा चाणक्यले जस्तै आचरण प्रस्तुत गरेको छु । सरकारी श्रोतको दोहन र दुरुपयोग गरेको छैन । जिल्ला बिकास समितिमा हुँदा वा त्यस पछिको सर्वदलिय संयन्त्रमा हुँदा अन्य सवैजसो नेताहरुले जिविसवाट भत्ता बुझ्ने गर्थे तर मैले कहिल्यै एक रुपैया पनि लिईन । जिविसको खर्च हुने गरी चियासम्म पनि खाईन । मैले मेरो ४० वर्षे राजनैतिक जीवन यात्रामा अनगिन्ति मानिसहरुको काम गराई दिएको छु । जसको आँकडा राख्न पनि मुस्किल थियो र छ तर कहिल्यै कसैसंग एक चुनदाम पनि लिईन । त्यसकारण  गर्वका साथ भन्छु की म सिरहा जिल्लामा निष्कलंक , वेदाग र स्वच्छ छवि राख्न सफल राजनैतिक कार्यकर्ता हुँ । म चुनौति नै दिन्छु , मेरो यो दावीलाई कसैले अतिशोयुक्तिपूर्ण भन्न सक्दैनन् । किनकी मेरो राजनैतिक जीवन एक खुला पुस्तक जस्तै छ । सिरहावासी जनताले नजिकवाट मलाई नियाँलेका छन् । चिनेका छन् ।
मेरो सानिध्यमा रहेर सिरहाका अन्य दलका नेता तथा कार्यकर्ताहरुले पनि काम गर्नु भएको छ । दलिय हिसावले म अलग पार्टीमा भए पनि अन्य दलका नेता तथा कार्यकर्ताहरुसंग पनि मेरो सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको थियो र आज पनि छ । मैले गरेको काम र मेरो व्यवहारले सकभर कोही दुखि हुनु परेको छैन । कसैलाई मेरो काम र व्यवहार विजाएको छैन । दलका हिसावले आ आफ्नो दलका लागि मत माग्नु र मत हाल्नु अलग कुरा हो तर अन्य दलका कुनै पनि नेता र कार्यकर्ताहरुसंग मेरो आलोचना गर्ने विषय र सवाल छैन । सिरहाका प्राय सवै दलका धेरैजसो नेताहरु मसंग सहयोग माग्न आएका छन् र मैले कसैलाई निराश बनाएर फर्काएको छैन । किनकी म जान्दछु राजनिति भन्दा पनि माथि सामाजिकता र मानवता छ । लोकतन्त्रमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा कोही कसैको विरोधी हुँदैन । प्रतिस्पर्धी र विरोधी दुई अलग कुरा हुन् । म कसैलाई विरोधी मान्दिन । लोकतन्त्रमा प्रतिस्पर्धा हुन जरुरी छ ।
मेरो यो छवि आउँदा दिनमा पनि अक्षुण्ण रहने छ । मैले राजनैतिक जीवनलाई एक तपश्वी र साधुले  साधना गरे जस्तै ठानेको छु । जीवनको बाँकी समय पनि निष्कलंक  र दागरहित छवि आर्जन गर्न खर्च गर्नेछु । हिन्दु धर्म शास्त्रमा वर्णित छ की भक्त प्रह्लाद , सुदामा र कवीर जस्ता महान युग पुरुषहरुले जीवनको चादरमा दाग लाग्न दिएनन् । जस्तो वेदाग जन्मेका थिए मर्ने वेलासम्म उस्तै वेदाग रहे । नत्र अन्य सवैको जीवनमा कहि न कहि दाग लाग्यो । राजनीतिमा म भक्त प्रह्लाद , सुदामा र सन्त कवीरको अनुशरण गर्न चाहान्छु । ४० वर्ष राजनीतिमा वेदाग विताए अव बाँकी दिन पनि यो जीवन वेदाग रहोस् । मेरो प्रयाश त्यतै केन्द्रीत रहने छ ।
महाभारतमा भगवान श्रीकृष्णले अर्जुनलाई समझाउँदै भनेका छन् जन्म माथि कसैको अधिकार र नियंत्रण छैन । यो परमात्माको हातमा छ । त्यसकारण व्यक्ति कुन कूल , कुन जात र कुन घरमा जन्मिने हो उसको नियंत्रणमा छैन । तर जन्मको आधारमा व्यक्ति महान र निच पनि हुँदैन । कर्म प्रधान हो जीवन । जस्तो कर्म गर्छौ उस्तै यश र अपयश प्राप्त हुन्छ । यो भनाई मेरो जीवन र सवैको जीवनमा लागू हुन्छ । मधेसमा मेरो बसोवास छ । ६ पुस्ता यही वित्यो । म पहाडे वा जनजाति कूलमा जन्मिए । मेरो जन्म मेरो नियंत्रणमा  थिएन । मेरो नियंत्रणमा मेरो कर्म छ । मैले असल कर्म गरेको छु । सिरहाली जनताको सेवा गरेको छु । भ्रष्टाचार गरेको छैन । घुस खाएको छैन । त्यसकारण मेरो यश फैलिएको छ । कसैले मलाई मेरो अपयश देखाउन सक्दैन । त्यसैले म सिरहाली जनतासंग प्रार्थना गर्दछु । कूल , वंश , जात र कुटुम्व हेरेर होईन यश तथा अपयश हेरेर नेता राजौं । आचरण हेरेर चरित्र हेरेर नेतालाई मत हालौं । राजनैतिक तपश्या र साधना हेरेर भोट दिऔं । विगतमा गरेको कामलाई हेरौं । पदमा रहदा गरेको बिकासको कामहरुलाई हेरौं । अनी मतदान गरौं ।
लोकतन्त्रमा नेताको छनौटले धेरै महत्व राख्दछ । तपाईले दिएको मतवाट कोही तानाशाह भएर जन्मिन्छ । कोही अकुत संपत्ती कमाउन भ्रष्टाचार गर्ने निस्किन्छ । चुनाव सकिएको भोलीपल्ट देखि तपाईलाई चिन्दैन , गन्दैन । आफूले जिताएको नेतासंग भेट गर्न पनि सपना हुन्छ । कोही असक्षमहरु ५ वर्षसम्म तलव भत्ता खान्छन् र संसदमा जनताको पक्षमा , जिल्लाको बिकासको लागि चुँ शव्द पनि नवोली समय विताउँछन् । त्यस्ता नेताहरुको के काम ?
चुनाव जिते पनि नजिते पनि मेरो घरको द्वार जनताका लागि हर हमेशा खुला थियो र खुला रहन्छ । मसंग भेट गर्न सर्वसाधारणले पनि कुनै परिश्रम गर्नु पर्दैन । म नजिक आशावादी भएर आएका कोही पनि निराश भएर फर्किनु पर्दैन । मसंग क्षमता छ , पहुँच छ , म लडेर पनि सिरहाको बिकासका लागि पर्याप्त श्रोत ल्याउन सक्छु । सिरहाको बिकासको ढाँचा मेरो मन मष्तिष्कमा छ । म प्रतिस्पर्धीहरुको समेत संरक्षण गर्छु । कसैलाई काखा पाखा गर्दिन । त्यसकारण म सिरहाली जनतासंग विनम्र अनुरोध गर्दछु की सूर्य छापमा मत दिएर म लीलानाथ श्रेष्ठ र प्रमोद यादवलाई जिताउनुस् । प्रदेश क मा गोलाकार भित्रको हसिया हतौडा छापमा मत दिएर राम कुमार यादवलाई जिताउनुस् । मेरो नेतृत्वमा आगामी ५ वर्षमा सिरहाको कायापलट हुनेछ   । यति म विस्वास दिलाउँछु ।