Madheshlive.com

राजपाले सच्याएन समानुपातिक सूची, निर्वाचन अयोगले दिए यस्तो कडा चेतावनी

81 पटक पढिएको

काठमाडौं, २६ पुस । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सूची कानून अनुसार सच्याउन राष्ट्रिय जनता पार्टी राजपालाई चेतावनी दिएको छ । आयोगले कानून बमोजिम नाम नसच्याए खाली राखेरै मत परिणाम सार्वजनिक गर्न चेतावनी दिएको हो ।

प्रदेश सभा समानुपातिक तर्फ सिट पाएका १३ दलमध्ये राजपा नेपाललाई नाम सच्च्याउन आग्रह गर्दै आयोगले दुईपटक पत्राचार गरेको थियो । तर त्यसो गर्दा पनि प्राथमिकताक्रम र समानुपातिक प्रतिनिधित्व मिलाएर नपठाएकाले थप पत्राचार गरिएको आयोगले जनाएको छ ।

प्रदेश सभाको समानुपातिकतर्फ आफूहरुले पाएको सिटमा सदस्य छानेर पठाउँदा राजपा नेपालले समानुपातिक उम्मेदवारको प्राथमिकता क्रम नमिलाएको र क्लस्टर वा समूह सम्बन्धी नियम मिचेको निर्वाचन आयोगले बताउँदै आएको छ । राजपाले प्रदेश सभाको समानुपातिक तर्फ पाएको १० जना सदस्यको सिट मध्ये केहीको क्रमसंख्या र समावेशी नियम दोस्रोपटक फिर्ता पठाउँदा पनि नसच्याएको आयोगको आरोप रहेको छ ।

निर्वाचन आयोगको लिखित र मौखिक ध्यानाकर्षण पछि पनि राजपा नेपालका नेताहरुले जारी राखेको छलफल अनिर्णित बन्दै आएको बताइन्छ ।