Madheshlive.com

लगडी गदियानीमा ठुलो जमात एमालेमा प्रवेश ,

217 पटक पढिएको


सिरहा ः कार्तिक २८ ः सिरहाको क्षेत्र नं. ३ मा पर्ने सिरहा नगरपालिका वडा नं. २०  लगडी गदियानीमा आयोजित एमालेको चुनावी सभामा १ सय १० जना भन्दा अधिक महानुभावहरु एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा लगडी गदियानी गाविसका पूर्व अध्यक्ष हरि नारायण कारक , सेवा निवृत गाविस सचिव देव नारायण यादव र  शिक्षक जीवछ यादव पनि रहेका छन् । पूर्व अध्यक्षकै नेतृत्वमा सो गाउँका सैयौ युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लीलानाथ श्रेष्ठले अवीर लगाएर तथा क्षेत्र नंं ३ प्रदेश ख का उम्मेदवार तथा एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले माला लगाएर पार्टी भित्र स्वागत गरेका थिए । कुनैवेला नेपाली कांग्रेसको गढ मानिने लगडी गदियानीमा अव एमालेको झण्डा बहुसंख्यक घरहरुमा फहराउन थालेको छ । भारतीय सिमासंग जोडिएको लगडी गदियानीमा अव एमाले मजवुत भएर उदाएको छ ।
यस अघि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा एमालेका केन्द्रीय लीलानाथ श्रेष्ठ, प्रदेश सभाका उममेदवार तथा एमालेका जिल्ला अध्यक्ष प्रमोद यादव , नेता डा. नविन यादव लगायत एमालेका अन्य नेता तथा कार्यकर्ताहरुलाई लगडी गदियानी पुग्ना साथ त्यहाँका जनताले भव्य स्वागत गरेका थिए । एमालेका तर्फवाट उम्मेदवार द्वय श्रेष्ठ र यादवले ६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।
सभालाई संवोधन गर्दै उम्मेदवार लीलानाथ श्रेष्ठले नेपाली कांग्रेसले वार वार जितेर सत्ता चलाए पनि मेधस क्षत्रेको बिकास नगरेको र लगडी गदियानी आउने बाटो समेत नभएको प्रसंग उठाउनु भयो । उहाँले राजनीतिमा जात होईन बिकासवाद लाई हेर्नु पर्ने बताउनु भयो । उहाँले आफूले जिते पछि बोर्डरसम्मै बिकासका लागि ध्यान दिने बताउनु भयो ।  
मंगलवार नै एमाले लगायत माओवादी केन्द्रका नेताहरुले संयुक्त वाम गठबनधनका तर्फवाट सिरहा नगरपालिका १८ ईटारीमा पनि सभा गरेका थिए । ईटारीका जनताले यतिन्जेल कांग्रेसलाई जिताएको तर कुनै बिकास नपाएकोले यस पटक बिकासप्रेमी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठ र प्रमोद यादवलाई मत हाल्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ईटारीमा अधिकांश गाउँलेहरु भेला भएर यस पटक एमालेका उम्मेदवार श्रेष्ठ र यादवलाई विजय गराउने निर्णय पास गरेको पनि वक्ताहरुले बताएका थिए ।
त्यसैगरी सिरहको क्षेत्र नंं ३ को चोहर्वामा पनि संयुक्त वाम गठबनधनले मंगलवार विशाल कार्यकर्ता भेला संपन्न गरेको छ ।