Madheshlive.com

बाबुरामको नयाँ शक्ति : भ्रम कि यथार्थ ? (विद्रोहीको विचार)

654 पटक पढिएको

- राजेश विद्रोही
रक– फरक विचारले मुलुक सयभन्दा बढी राजनीतिक दलको भार थामेको छ । अहिलेसम्म कुनै दिर्घकालिन निकास र विकास पाएको छैन् । विगतदेखि नेपालीले थुप्रै सपना र विपनाका कथाहरू हृदयांगन गरेका छन् । तर, कुनै पनि दिर्घकालिन सपना साकार भएका छैनन् । यो राजनीतिक दलले केहि गर्लान कि ? त्यो राजनीतिक अभियानले केहि होला कि ? भन्ने आशामा थुप्रै निरासाहरू नै हात पारेको छ । तथापी नेपाली जनताले सबैको भार थाम्ने आट गरेका छन् । र, अझैं पनि आँट सहास गरिरहेका छन् । यसैबीच अहिले चर्चामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपाल आएको छ । कसैले यो भ्रम हो भनिरहेका छन् भने कसैले यो आवश्यकता हो, यथार्थ हो भन्दैछन् ।

२०६२/०६३ को जनआन्दोलनको चाहनाहरु ओइलाउ“दै गएपछि यसका आलोचकहरूको संख्यामा गुणात्मक रुपमा बढ्दै छ । मुलुकमा हुनेगरेको पटक पटकको आन्दोलन, विद्रोह र क्रान्तिको फलस्वरुप इतिहासमा प्राप्त गर्न नसकेको स्वतन्त्रता यसपटकको नयां संविधानबाट प्राप्त भएको छ । यो नेपाली समाजको महत्वपूर्ण उपलव्धि हो । यो उपलब्धीलाई तुहाउने खेल हुदैछ । पहिलेदेखि आन्दोलनको उपलब्धीलाई ंसंस्थागत गर्न नसकेको नेपाली जनतामा त्रास विद्यमान छ । पटक पटकको धोका र गद्दारीबाट जनता आजित छन् । पहिलेदेखि हुनेगरेका गद्दारीको विस्तारै पर्दाफास हुन्छ नै । यसलाई अस्वभाविक रूपमा लिनु हुदैन् । यो समाजको वास्तविक अन्तरविरोध हो ।

अहिले मुलुकको ठुलो चर्चा र बहसको नयॉ केन्द्रमा रहेका डा.बाबुराम भट्टराई नेतृत्वको नवगठित नयॉ शक्तिको पनि भार जनताले थाम्ने सहास गरेका छन् । नेपालको राजनीतिक दलमा अहिलेसम्म हुनेगरेको टुटफुट र विभाजनको परम्परालाई तोडेर डा.भट्टराई व्यवहारबाटै आफ्नो नयॉ सोच, चिन्तन र शैलिको प्रयोग गरेका छन् । जुन परम्पराको शुरूवात इतिहासमा कुनै पनि राजनीतिक दलले गरेका थिएनन् । न त टुटफुट र विभाजनकै औचित्य कसैले सावित गर्न सके । नयॉ शक्ति पनि परीक्षाकै घडीमा छ । तर, तुलनात्मक हिसावले अरू राजनीतिक दलभन्दा नयॉ र फरक प्रयोगमा अवश्य देखिन्छ ।

१) भ्रम
विगत इतिहासमा पनि यसखाले राजनीतिक अभियानले समाजिक र राजनीतिक विकृति र विसंगतिका कारण थुप्रै असफलताहरू व्यहोरेका छन् । अहिले नयॉ शक्तिमा नयॉ पुराना ‘फेस’ र ‘वेस’को ध्रुविकरणले यो अभियान जती लोकप्रियतामा छन् उतिनै साकारात्मक र नाकारात्मक भ्रमहरू पनि छन् । जसको राजनीतिमा कुनै योगदान छैन्, राज्य, समाज र जनताको नजरमा कुनै न कुनै हिसावले अपमानित छन् र राजनीतिक रुपमा सेफल्यान्डिंग चाहने पात्रहरूको राजनीतिक केन्द्र बनेको शंका पनि व्याप्त छ । त्यसैले नयॉ शक्ति साच्चिकै नयॉ बन्छ कि धोका हुन्छन् भन्ने बहस पनि नेपाली राजनीतिमा छ । त्यसो भए के राजनीतिमा कुनै योगदान नभएका मान्छेहरू राजनीतिमा योगदान दिन सक्दैनन् भन्ने कुरा कहॉको राजनीतिमा उलेख छ । तत्कालिन माओवादी आन्दोलनमा लागेकाहरू अहिले सामान्य नागरिकको जीवन विताई रह‘दा कि त्यसलाई माओवादीकै नजरबाट हेरिन्छ र त्यस्ता पात्रहरूलाई शान्ति सम्झौता विपरित मुद्दा लगाईन्छ । जुन बाबुराम भट्टराईको टाउकोको मुल्य तत्कालिन सरकारले तोकेका थिए र शुरूदेखि नै कम्यूनिष्ट बाम राजनीतिक आन्दोलनमा शारा जीवन विताएका छन्, ती पात्र कसरी त्यो विचारबाट स्वखलित भएको मान्ने ? त्यसैले कुनै पनि राजनीतिक अभियानलाई विचार र उद्देश्य विहिन अभियानको रूपमा प्रचार गर्नु राजनीतिक पुर्वाग्राही र प्रतिशोध तथा राजनीतिक विकृति र भ्रम हुन् ।

सफलता र असफलताको परिणाम आफ्नै ठाउ‘मा छन् । भोगाई र गराईको हिसावले पनि फरक हुनसक्छन् । त्यसैले अरू राजनीतिक दल जस्तै नयँ‘ शक्ति पनि शंका र विश्वासको घेराबन्दीमा छैन् भन्न मिल्दैन् । तर, त्यो ठुलो कुरा होइन् । मुख्य कुरा त फेरि आमूल परिवर्तन र रूपान्तरणकै विषय हुन् । त्यसैले यसलाई साकारात्मक तरिकाले पनि लिन जरूरी छ । प्राप्त उपलब्धिको जगमा टेकेर समाज विकासको भविष्य नदेख्ने, शंका र आलोचनामा समय खेर फाल्ने नेपाली परम्पराको त्यो जगलाई भत्काउनु पर्छ ।

२. यथार्थ
२००७ सालदेखि अहिलेसम्म मुलुक टुटफुट र विभाजनकै वरिपरि केन्द्रित छन् । राजनीतिक समस्याको समाधान र आर्थिक समृद्विको रूपमा देश कहिले फडको मार्न सकेन । समाजिक सॉस्कृतिक विकृति र विसंगतिका कारण नेपाली समाज पछाडी पर्दै आएका छन् । केहि राजनीतिक दलले त सामाजिक परिवर्तनको भन्दा समाजिक अन्तर्विरोधमै आफ्नो राजनीतिक आयु देखिरहेका छन् । यसले मुलुकको लोकतान्त्रीक संविधान र संघियता संकटमा पर्ने निश्चित छन् । त्यसैले सबै उत्पीडित वर्ग जाति र समुदाय एक ढिक्का हुन जरूरी छ ।

अहिले मुलुकमा मुख्यत दुई समस्या छन् । एउटा राजनीतिक समस्या र अर्को आर्थिक समृधिको समस्या । गणतान्त्रीक संविधानको लोकतान्त्रीक कार्यान्वयनका लागि पूर्ण समानुपातिक प्रणाली, समावेशिता र सहभागितामूलक लोकतान्त्रीक प्रणालीको प्रयोग र त्यसको जगमा मुलुक समृद्धिका लागि आर्थिक क्रान्तिको पाटो नै महत्वपूर्ण पाटो हो । जसको ब्यवहारिक कार्यान्वयका लागि नयॉ शक्ति अगाडि सरेको देखिन्छ । र सम्पूर्ण सक्षम तथा उत्पीडित वर्ग जाति र समुदाय नयॉ शक्तितिर ध्रुबिकृत भएका पनि छन् । जसमा आम नेपाली जनता आफ्नो दिर्घकालिन भविष्य देखेका छन् । त्यसैले मुलुकको आमूल परिवर्तन र आर्थिक समृद्विका लागि नयॉ शक्तिलाई सबै तह र तप्काका मान्छेहरू योगदान दिन लालायीत छन् । यो यथार्थ विषय पनि हो । त्यसैले यसलाई भॉडने काम भन्दा सबैले आफ्नो ठाउ‘बाट योगदान गरौं ।

 

पुराना र यथास्थितिवादी राजनीतिक शक्तिहरूले यसलाई विचार विहिन राजनीतिक अभियानस‘ग तुलना पनि गरिरहेका छन् । त्यसो भए नयॉ शक्तिको पॉच ‘स’ र वामलोकतान्त्रीक समाजवाद उन्मुख साम्यवाद के हो ? विचार विनाको कुनै राजनीतिक दल हुनै सक्दैन् । र त्यसको वरिपरी कुनै देशभक्त जनसमुदाय पनि ध्रुबीकरण हुन सक्दैनन् । जुन राजनीतिक दलले आफूलाई विचार सहितको दलको रूपमा लिन्छन् उसले के गरे र उनिहरूले गर्दै आएको राजनीतिले देश र जनतालाई किन आकर्षण गर्न सकेन ? अहिलेसम्मको आन्दोलन, विद्रोह र क्रान्ति कसले जन्मायो ? किन र कसका लागि भयो ? यथास्थितीवादमा किन पतन भए उनीहरू ? प्रगतिशिल किन हुन सकेनन् र सकेको छैनन् ? यति छोटो समयमा नयॉ शक्ति किन यति ठूलो वैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडी आयो ? यी सबै सत्य र यथार्थ विषय हुन् । त्यसैले जसलाई जती ललकारिन्छ र कमजोर आंकलन गरिन्छ त्यति विख्यात हु“दै जाने कुरा पहिलेको इतिहासतिर फर्केर हेर्दा हुन्छ ।
अहिले नेपाली समाजमा देखिने चर्को जातीय विभेद जस्तै नेपाली राजनीतिमा पनि का“ग्रेस र कम्यूनिष्ट सतहमा छन् । जसबाट नेपाली जनता उन्मुक्ति चाहन्छन् । उत्तर कोरियामा ह“सिया हथौडा अंकित कम्यूनिष्ट पार्टीहरू नेपालमा जस्तै च्याउ झैं उम्रिए परिणामत त्यहॉका माऊ कम्यूनिष्ट पार्टीले पार्टीको नामनै परिवर्तन गर्न बाध्य भयो । र, त्यहॉका प्रखर कम्यूनिष्ट नेता किमईलसुंगको नेतृत्वमै श्रमीक पार्टी निर्माण गर्यो । जसले कलम अंकित रातो झण्डा फहरायो । त्यसो हु“दा त्यहॉका कम्यूनिष्ट पार्टी के कमजोर भएको छ ? त्यहॉका जनता किन श्रमीक पार्टीलाई नामधारी कम्यूनिष्ट पार्टीको भन्दा धेरै माया गर्छन् ? संसारमा यस्ता थुप्रै उदाहरणहरू छन् । किन भने जनता काम चाहन्छन् नाम होइन् । हाम्रो मुलुकमा ठग्ने काम धेरै भयो, काम भएन् । फेरि पनि केहि भएको छैन् भन्न खोजेको होइन् । हुनु पर्ने जनताका आधारभूत कुरा भएन् । पटक पटक शासन ब्यवस्थाको स्तरमा परिवर्तन मात्र भयो । जुन कुरा जनतामा आएन । आउने कुरा पनि यो वा त्यो वाहानामा तुहाउने राजनीतिक खेल भयो । त्यसैले कुनै पनि राजनीतिक दलको भन्दा त्यसको समय सापेक्ष परिवर्तनको अनुसरण छ कि छैन् जनताले मूल्यांकन गरिरहेको हुन्छन् ।

३. निष्कर्ष
माक्र्सवादी विज्ञानले कहिले पनि यथास्थितीवादलाई मान्दैन् । माक्र्सवाद त समय सापेक्ष र निरन्तर विज्ञानको प्रयोग हो । त्यसैले माक्र्सवादी विज्ञानलाई जड्तामा लिनु भनेको अधिभूतवादी चिन्तन हो । अर्को मुलुकको शान्ति स्थापना विना आर्थिक विकासको कुरा पनि असम्भव छ । तर, संसारमा शन्तिका वर्षहरू बितेका क्षणहरू तिर पनि फर्किन जरूरी छ । के शान्ति भन्ने विषय शत प्रतिशत सम्भव कुरा हो ? यो पनि जडसूत्र र अधिभूतवादी चिन्तन होइन ? कहिले मुलुकमा शान्ती आउला र समृद्विको स्वाद चाखौला भनेर २००७ सालदेखि शान्तिको मुख ताकेर बसेको होइन ? शान्तिका आशामा अहिलेसम्म कति पुस्ता विते ? अहिलेसम्म संघर्षबाट जन्मेका राज्यका प्रतिभाहरू कति गुमायौ ?

७५ दशकदेखि ती महान् मान्छेहरूबाट हामीले के पायौं ? गुमायौं मात्र । राजनीतिको नाममा राजनीतिक व्यवसाय, कालो बजारी, घुसखोरी, बेरोजगारी, भ्रष्टाचारी आदि अहिलेसम्म भैगरेका आन्दोलन, वर्ग संघर्ष र वलिदानको उपज होइन ? हामी भन्दा पछिका साउदी, कतार, मलेसिया आदि कमजोर देशहरू कहा पुगि सके । जहा हामी श्रम बेच्न र मर्न दिनहु‘ लालायीत छौ । त्यसैले शान्ति स्थापनामा मात्र मुलुकको समृद्वि देख्नु पागलपनको पराकाष्टता हो । त्यो समय सापेक्षतामा पनि भरपर्ने विषय हो । अंशमा हुन सक्छ तर समग्रमा त्यो हुबहु लागु हुन सक्दैन । त्यसैले ध्वङ्स र निर्माण, निर्माण र ध्वङ्सलाई समान दृष्टिकोणबाट लिन जरूरी छ । २००७ सालदेखि शान्तिको कल्पना गरेर मुलुकलाई आर्थिक समृद्विबाट बन्चित गर्दै आएका छौ । हामी प्राप्त उपलब्धिलाई पनि ध्वङ्समा बदल्दै आएका छौ । यो दुखद विषय हो । त्यसैले अब पनि हामी सजग र सचेत बनौ । हामी भन्दा पछिका मुलुकहरूले गरेको प्रगतिको बाटोमा लाग्ने साहास गरौं । दुसहास नगरौ । ‘अबको निकास आर्थिक विकास, सम्भव छ समृद्वि हाम्रै पालामा’ नयॉ शक्ति पार्टी नेपालको यो अभियानमा सबै हातेमालो गरौं । इतिहासमा कंलक थपिने छैन ।

(लेखक विद्रोही नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य हुन् ।)