Madheshlive.com

मोर्चाभित्रका तीन दल एकताको अन्तिम तयारीमा

2159 पटक पढिएको

काठमाडौं, १४ चैत । सीमांकनलाई बटमलाइन बनाएर आन्दोलनमा उत्रेका मधेसी मोर्चाका केही घटक स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टी एकीकरणको तयारीमा जुटेका छन् । मोर्चामा आवद्ध तीन दल एकीकरणको अन्तिम चरणमा पुगेको हो ।

आन्दोलनमा रहेका शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेस समाजबादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र महेन्द्र यादवले नेतृत्व गरेको राष्टिय मधेस सदभावना पार्टीबीच एकीकरण प्रयास भइरहेको छ ।

एकीकरणको हामी अन्तिम चरणमा छौ, चुनाव भन्दा पनि मधेसको एजेण्डालाई मजबुत बनाउन एकीकरणको तयारी थालेका हौ, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । उनले तीन दल मात्र नभई मधेसमा केन्द्रीत सवै दल एउटै झण्डामुनी आउनु पर्ने बताए । हामीले सवै दललाई एउटै मोर्चामा ल्याउने तयारी थालेका छौ ।

मधेसी मोर्चाभित्रका तीन दल एकीकरणको पक्षमा उभिएपनि मोर्चाभित्रका दुई ठुला दल संघिय समाजबादी फोरम र नेपाल सद्भावना पार्टीबीच भने प्रतिस्पर्धा सुरु भएको छ । निर्वाचनलाई लक्षित गरी दुवैले एक अर्काका कार्यकर्ता खोस्ने गरेका छन् ।

संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सद्भावना पार्टीबाट आफ्नो पार्टीमा केही कार्यकर्तालाई भित्राएका छन् भने सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि यादवको पार्टीबाट केही कार्यकर्तालाई आफ्नो पार्टीमा भित्राएर टिका लगाएका छन् ।