Madheshlive.com

सप्तरी गोलीकाण्डमा ज्यान गुमाएकाको सम्झनामा आज शोकसभा

29 पटक पढिएको

काठमाडौं, १३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको मलेठमा शोक सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँच जनाको सम्झनामा सभा गर्न लागेको हो ।

राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चामा आवद्ध सातै दलका शीर्ष नेताले सम्बोधन गर्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत मलेठमा आयोजित जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर गत फागुन २३ गते मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी ४ का वर्ष ४२ का सि.अ.हे.व. आनन्दकुमार साह, मलेठ २ का वर्ष ४० का बीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पिताम्बर मण्डल र जमुनी मध्यपुरा १ कटवीका करिब ५७ वर्षका इनर यादवको मृत्यु भएको थियो ।

सभालाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय सद्भावना अध्यक्ष अनिल झा राजविराज आइपुगेका छन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई बिराटनगर हुँदै बिहान ११ बजेसम्म राजविराज आइसक्ने मोर्चाका सप्तरी संयोजक दिनेश यादवले जानकारी दिए।

त्यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, मधेशी जनअधिकार फोरम ९गणतान्त्रिक० का अध्यक्ष राजकिशोर यादव, आदिवासी जनजाती नेताहरु कुमार लिङ्देन, मोहन गोले, लाक्पा शेर्पा लगायतका नेताहरुले शोकसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक यादवले जानकारी दिए ।

शोकसभाले सडक अवरुद्ध हुने मलेठ गाउँ नजिकै रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मूल गेट बाहिरपट्टि रुपनी राजविराज सडक खण्डमा आयोजना हुने सभाले मध्यान्हदेखि साँझसम्म सडक अवरुद्ध हुने संयोजक यादवले बताए ।