Madheshlive.com

अबदेखि राष्ट्र बैंक शनिबार पनि सेवा दिने

2 पटक पढिएको

काठमाडौं, २९ पुस  नेपाल राष्ट्र बैंकका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् ।शनिबार र अरु बिदाका दिन बन्द हुदै आएका राष्ट्र बैंकका शाखाहरु अब देखी शनिबार पनि खुला रहने भएका छन् ।

अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयको उक्त निर्णयलाई कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर समेत गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार, आजैदेखि यो निर्णय कार्यान्वयनमा आउने बताएका छ ।