Madheshlive.com

आठ महिनापछि माओबादीका मन्त्रीहरुले आजै सरकार छाड्ने

1 पटक पढिएको

काठमाडौं,२८ पुस । नेकपा माओवादी केन्द्रका मन्त्रीहरू आजदेखि सरकार छाड्ने भएका छन् ।

माओबादीले एमालेसंग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओबादीका ९ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए। सरकारमा गएको ८ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता हुन लागेका हुन् ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन आज पत्र पठाउने माओवादी केन्द्रले जनाएको छ ।