Madheshlive.com

तुलसी प्रसाद यादवको लोकप्रीयता बढदै चुनाव प्रचार अभियानमा तिव्रता

97 पटक पढिएको

 

गत शनिवार कल्याणपुरमा संयूक्त वाम गठबन्धनको चुनावी प्रचार प्रसार अभियानका लागि संयुक्त कार्यालय खोलेपछि वाम गठबन्धनको चुनावी प्रचारले गति लिएको छ । तुलसी प्रसाद यादवलाई प्रदेश सभा ख मा जिताउन र कमरेड अजय शंकर नायकलाई प्रतिनिधी सभामा जिताउन यस क्षेत्रमा करीव ३ हजार कार्यकर्ता परिचालन भएका छन् ।
चुनाव प्रचार अभियानका लागि कल्याणपुरमा संयुक्त कार्यालयको उद्घाटन समारोहमा करीव हजार जना कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यकर्ताहरुले नुन चिउरा खाएर पनि तुलसी प्रसाद यादव र अजय शंकर नायकको प्रचार प्रसार गर्ने र चुनाव जिताई छाड्ने प्रण गरेका थिए ।
सो अवसरमा कार्यकर्ताहरुलाई संवोधन गर्दै प्रतिनिधी सभाका उममेदवार अजय शंकर नायकले भने यस पटक वाम शक्तिले दुई तिहाई बहुमत ल्याउनेै पर्छ । नत्र समाजवादी क्रान्ति पुरा गर्न कठिन हुन्छ । त्यसकारण निर्वाचन जित्नु मरण जीवनको प्रश्न भएको छ । कार्यकर्ताहरु जनताको घरदैलोमा गई जनतालाई वास्तविकताको वोध गराउन र कांग्रेस तथा राजपाले वाम गठबन्धन विरुद्ध गरेको अनर्गल दुष्प्रचारको खण्डण गर्न आवश्यक छ । उनले जनता स्वत वाम गठबन्धनको पक्षमा उभिएका छन् । हाम्रा पक्षमा जनलहर देखिएको छ । यसवाट विरोधीहरु अत्तालिएर जातिय नारा दिदैछन् । उनीहरुको गलत प्रचारलाई चिर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
त्यसैगरी प्रदेश सभाका उम्मेदवार तुलसी प्रसाद यादवले वाम गठबन्धनको अगाडी विपक्षीहरुको जोर नचल्ने दावी गर्नुभयो । उहाँले दैनिक जसो नेपाली कांग्रेस र राजपा तथा फोरम छोडेर सैकडौ कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरिरहेको बताउनु भयो । उहाँले कार्यकर्ताहरुलाई भन्नुभयो चुनाव जित्ने कुरामा शंका नगर्नुस् । मात्र जनताको घर घरमा गएर हाम्रो प्रतिवद्धता र घोषणा पत्र वारे बताउनुस् । जनता वाम गठबनधनलाई मत दिन तयार छन् । यादवले भन्नुभयो हाम्रा ३ हजार कार्यकर्ता यस क्षेत्रमा परिचालित छन् । उनीहरु जनताको एक एक घरमा पुग्नेछन् ।