Madheshlive.com

माओवादी मन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

11 पटक पढिएको

काठमाडौं, २८ पुस । माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहमागी मन्त्रीहरुले राजीनामा गरेका छन् । माओवादीले बिहीबार सरकारबाट बाहिरिने निर्णय गरे अनुसार शुक्रबार १२ बजे राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

पार्टीबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर भएकोले पार्टीका मन्त्रीहरुको राजीनामापत्र वरिष्ठ मन्त्री गिरीराजमणी पोखरलले प्रधानमन्त्री देउवालाई बुझाएका छन् । माओवादी केन्द्रबाट हाल १६ जना मन्त्री सरकारमा सहभागी छन् ।