Madheshlive.com

वीरगन्ज अस्पताल हाताका १४ वटा औषधी पसल सिल

39 पटक पढिएको

वीरगन्ज, २८ पुस । स्थानीय प्रशासनले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १४ निजी औषधी पसल र फार्मेसी सिलबन्दी गरेको छ ।

दुई वर्षदेखि अस्पताल परिसरका सटर कब्जा गरेर निजी औषधी पसल र फार्मेसी संचालन हुदै आएका थिए । अस्पताल विकास समिति र अस्पताल प्रशासनले लिखित रुपमा पटक पटक सटर छाड्न ताकेता गर्दा नटेरेपछि शुक्रबार स्थानीय प्रशासनले निजी औषधी पसल र फार्सेसीमा सिलबन्दी गरेको हो

नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र रहेका १६ वटा सटरमा आफताब मेडिकल, प्रभात मेडिकल हल ,नारायणी फार्मेसी, सुरभि फार्मेसी , अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल हलका साथै कृष्ण कोल्ड स्टोर, गुप्ता मिष्ठान्न भण्डार गरी १४ वटा पसल बिगत दुइ वर्षदेखि अवैध रुपमा सन्चालनमा रहेका थिए ।

औषधी पसलका सञ्चालकले अस्पताल प्रशासनको आग्रहलाई अटेर गरेपछि निजी औषी पसल र नास्ता पसलमा सिल गरिएको अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले जानकारी दिए । - अन्नपूर्ण पोष्टबाट