Madheshlive.com

सिरहाका नथुनियाबाट जुस पिएर अनसन तोडे डाक्टर गोविन्द केसी

2 पटक पढिएको

काठमाडौं, २९ पुस । अनशनरत डा। गोविन्द केसीले छैटौं दिनमा अनशन तोडेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका केसीले सरकारसँग पाँच बुँदे सहमति भएपछि शनिवार बिहान अनशन तोडेका हुन् ।

उनले राजधानीमा जुत्ता सिलाउने काम गर्दै आएका सिराहाको लाहालनका नथुनिया मियाको हातबाट जुस पिएर अनशन तोडेका हुन् । केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने भन्दै फागुन ८ गतेसम्म पराजुलीले राजीनामा नदिए पुन अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

न्यायलय भ्रष्ट भएको भन्दै उनले पराजुली प्रहरी हिरासतमा हुनु पर्नेमा आफूलाई राखिएको बताए । स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच शुक्रबार पाँच बुँदे सहमति भएको थियो ।

पाँच बुँदामा के छ ?

- चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने

- डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने

- आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने

- अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने

- पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने