Madheshlive.com

आगोले लहानका साहको घरगोठ जल्यो, १२ लाख बढीको क्षति

132 पटक पढिएको

सिरहा, २४ पुुस । चिसोले खसी बिरामी भएपछि घर न्यानो पार्न बालेको घुराबाट आगलागी हुँदा सिरहाको लहान नगरपालिका २२ का बृक्ष साहको घरगोठ जलेको छ ।

बिरामी खसी जलेर मरेको छ भने एउटा गाईलाई गम्भीर चोट लागेको छ । पीडित साहका अनुसार घरमा रहेका लत्ताकपडा र खाद्यान्न पनि जलेर नष्ट भएको छ । आगलागीबाट करिव १२ लाखको क्षति भएको छ ।

आगो निभाउनका लागि लहान नगरपालिकाबाट दमकल गएपनि बस्तीमा छिर्न नसक्दा बढी क्षती भएको पीडित साहले बताए । उनका अनुसार आगो स्थानीय र लहानबाट गएको नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले दुुई घन्टापछि नियन्त्रणमा लिएको थियो ।