Madheshlive.com

कन्चटमा गोली लागेर घाइते यादवको मृत्यु

238 पटक पढिएको

काठमाडौं, १२ चैत । अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका रौतहटका एक शिक्षकको उपचारको क्रममा आज मृत्यु भएको छ । रौतहट बिश्रामपुरका शिक्षक राम एकवाल यादवको उपचारको क्रममा मृत्यू भएको हो ।

कन्चटमा गोली लागि गम्भीर बनेको उनको उपचारको क्रममा काठमाडौंस्थित बयोधा अस्पतालमा शनिवार बिहान मृत्यु भएको उनका भान्जा एवं शिक्षक देवेन्द्र यादवले जानकारी दिए । हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि यादवलाई थप उपचारका लागि बिहिवार साँझ हेलिकप्टरबाट काठमाडौ लगिएको थियो ।

बिश्रामपुर चारस्थित आफ्नै घरमा सुतिरहेका शिक्षक यादवलाई गत बुधवार झ्यालबाट गोली प्रहार गरीएको थियो । गोली प्रहार गर्ने व्यक्तिको पहिचान अझै खुल्न सकेका छैन् ।