Madheshlive.com

जब मन्त्री नै निर्वाचन आयोगबिरुद्ध जुलुसमा हिडे

192 पटक पढिएको

सुनसरी, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीले विरोध प्रदर्शन गरेको छ । निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

राप्रपा सुनसरीले आईतवार त्यसविरुद्ध इटहरी बजारको परिक्रमा विरोध प्रदर्शन गरे । सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुसमा राप्रपाबाट भर्खरै भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने बताए ।

मन्त्री नै निर्वाचन आयोगबिरुद्ध जुलुसमा हिडेपछि…

सुनसरी, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीले विरोध प्रदर्शन गरेको छ । निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै विरोध प्रदर्शन गरेको हो । राप्रपा सुनसरीले आईतवार (आज) त्यसविरुद्ध इटहरी बजारको परिक्रमा विरोध प्रदर्शन गरेको हो ।

सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुसमा राप्रपाबाट भर्खरै भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने बताए ।