Madheshlive.com

देशका धेरै ठाउँमा दिउँसो मेघ गर्जनसहित वर्षा हुने संभावना

108 पटक पढिएको

काठमाडौं, ५ चैत । उपत्यका सहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । तर दिउँसोपछि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मौसम सफा भएपनि दिउँसोपछि विशेषगरी पूर्वी क्षेत्रमा मौसम बदली भएर मेघ गर्जनसहितको वर्षा हुने संभावना रहेको मौसमविद मीन अर्यालले जानकारी दिए ।

पश्चिमी तथा मध्य क्षेत्रका पहाडी भेगमा पनि हावाहुरी चल्ने र पानी पर्ने संभावना छ । प्रिमनसुनको समयमा निम्नचापीय क्षेत्र विकास भएर मौसममा बदली आउनु स्वभाविक भएको उनले जानकारी दिए ।