Madheshlive.com

प्रधानमन्त्री प्रचण्डले चितवन ५ नम्बरलाई सुरक्षित क्षेत्र बनाउन ७३ करोड बजेट पठाए

299 पटक पढिएको

काठमाडौं, ६ चैत । काठमाडौंको १० र सिरहाको ५ नम्बरबाट उमेदवार भएका प्रचण्डलाई राजधानीमा कांग्रेसका राजन केसी र एमालेका उमेदवारले हराइदिएका थिए । प्राविधिक कारण देखाएर मतगणनामा जालझेल गरेर सिरहाबाट उनलाई जिताइयो । यो मुद्दा अहिलेसम्म एमालेभित्र र अदालतमा समेत चर्चित प्रसङ्ग बनेको छ ।

कदाचित चुनाव भइहाल्यो भने स् प्रधानमन्त्रीले चितवनको ५ नम्बर क्षेत्रलाई सुरक्षित क्षेत्र बनाउन ७३ करोड बजेट पठाइसकेका छन् । कार्यकर्ता र विकासका नाममा पठाइएको यो बजेट अझै अपुग भएको खबर आएपछि अर्थमन्त्री कृष्णबहादुर महरालाई अरु बजेटको व्यवस्था गर्न आदेश दिइसकेको अर्थस्रोतको दावी रहेको छ ।

चितवनको माडीमा चलिरहेको बसमा बम हान्ने प्रचण्डले तिनको मानवीय घाउमा अझैसम्म मलम लगाउन सकेका छैनन् । तिनै प्रचण्डले करोडको भारी पठाएर चितवनवासीको मन जित्न र चुनावमा विजयी हुन सक्लान् त रु हुन त पहिलो चरणमा स्थानीय चुनाव हुनेछ र यही चुनाव प्रचण्डका लागि मिनी जनमत संग्रहसमेत हुने बताइन्छ ।

अहिले पठाइएको बजेट प्रधानमन्त्रीको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जानौँ खुदे्र तथा टुक्रे कार्यक्रका लागि गएको हो । प्रधानमन्त्री दाहाल चितवनको अहिलेको ५ नम्बर क्षेत्रबाट आगामी संसदीय निर्वाचनमा उठने तयारीमा छन् । नयाँ संरचना अनुसार भने यो क्षेत्र ४ मा वा ३ मध्ये कुनै एक नम्बरमा पर्ने बताइन्छ ।

-न्यूज अभियानबाट