Madheshlive.com

मोरङ बस दुर्घटनामा चारको मृत्यु, २० घाईते

38 पटक पढिएको

मोरङ, १० चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बयरवन ९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । उक्त बसमा सवार २० जना घाईते भएका छन्।

मृत्यु हुनेमा मोरङको लेटाङ ३ बस्ने १८ बर्षिय देवेन्द्र लिम्बु, सोही ठाँउका २० बर्षिय तिलक लिम्बु, बुटवल घर भई हाल भारत बस्ने ७९ बर्षिय पुरुषोतम सुवेदी र सोही ठाँउ बस्ने ६८ बर्षिय टिका सुवेदी रहेका छन् । उनिहरुको उपचारको क्रममा पथरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

काकँडभिट्टाबाट यात्रु लिएर बुटवल आँउदै गरेको ना ५ ख ५३८७ नम्बरको मुक्तिनाथ ट्राभल्सको बसले बिपरित दिसाबाट जाँदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा परी १ महिला सहित १९ जना पुरुष घाईते भई उपचारकालागी बिराटनगरस्थित न्युरो हस्पिटल, बिराट नर्सिङहोम, पथरी अस्पतालमा उपचार भईरहेको छ भने चारजना भारतको सिलिगुडीमा गएका छन् । घाईतेहरु सबैको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मोटरसाईकल, बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।