Madheshlive.com

रेडक्रस मिर्चैया उपशाखाको २६ को साधारण सभा सम्पन्न

77 पटक पढिएको

सिरहा, २८ पुस । नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६ औं साधारण सभा सम्पन्न भएको छ ।

मिर्चैया नगरपालिका ६ स्थित विहिवार भएको साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ को आय–व्याय प्रस्तुत गरिएको थियो । उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहाका प्रतिनिधि राजदेब ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सिरहा क्षेत्र नं ४ का “क” प्रदेशसभाका सदस्य दिलिप साह, मिर्चैया नगरपालिका वडा नं ५ का बडा अध्यक्ष देबकृष्ण साह लगायत सरोकारबालाहरुको उपस्थिति रहेको उपाशाखाका सचिब दुर्गा श्रेष्ठ बताए ।