Madheshlive.com

सिरहाको गोलबजारव र धनगढीमाईमा पनि धुर्मुस–सुन्तलीले बाँडे कम्बल

15 पटक पढिएको

सिरहा, २८ पौष । चिसोबाट प्रभावित बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेशनले पनि कम्बल वितरण गरेको छ । गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि शुक्रबार फाउन्डेशनले कम्बल बाँडेको हो ।

गोलबजार १० मा ६० परिवार मुसहर र धनगढीमाई १३ मा करिब सय मुसहर तथा विपन्न व्यक्तिलाई कम्बल वितरण गरेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए ।

धुर्मुसले कम्बल वितरण गर्ने क्रममा ‘भूकम्प, बाढीपहिरो, शीतलहर जस्ता प्रकोपका बेला तराई, पहाड, हिमाल सबैलाई एकै ठाउँमा जुटेर आपसमा सहयोग गुर्नपर्ने’ बताए । ‘न्यानो वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ (एनआरएन आरसीसी चाइना)ले उपलब्ध गराएको कम्बल बाँडेको उनले जानकारी दिए ।