लेबनानमा विष्फोट हुँदा ७८ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

एजेन्सी। लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ।

विष्फोटक पदार्थले भरिएको साे गोदाममा भएको विष्फोटका कारण अन्य ४ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

समाचार एजेन्सी राेयटर्सका अनुसार मारिनेमा बीबीसीका एक पत्रकार पनि रहेको छ । गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ।​

लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस