राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत

२०७७ असोज १ गते
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनीत गरेकी छन् ।

राष्ट्रपति कार्यालयका श्रोतकाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा उनले गौतमलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस