भन्सार छलेर सामान ल्याउने पक्राउ

२०७७ असोज ७
राजविराज । सप्तरी प्रहरीले भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको सामानसहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ । गस्तीमा खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–१२ का ३० वर्षीय राजीव यादवलाई मंगलवार सामानसहित नियन्त्रणमा लिएको हो ।

उनलाई भन्सार छलि गरी नेपालतर्फ सामान भित्रियाउने अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए ।

उनको साथबाट रेडिमेट कपडा, रेडिमेड मंगलसुत्र र पायल, मोतीको हार लगायत ७० हजार ५१० रुपैयाँ बराबरको सामान तथा स ६ प ७३९ र को १० प २६२१ नम्वरको मोटरसाईकल बरामद गरिएको हो । बरामद गरिएको सामान भन्सार कार्यालयमा वुझाउने तयारी भइरहेको डिएसपी भारतीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस