राजविराज विमानस्थलमा आजबाट नियमित उडान सुरु [यस्तो छ भाडादर]

२०७७ असोज ९
राजविराज । सप्तरीको राजविराज विमानस्थलमा पनि आज (शुक्रवार) बाट नियमित उडान सेवा सुरु भएको छ ।

लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण छ महिनापछि नेपालमा गत सोमवारबाट आन्तरिक उडान सुरु भएसँगै ‘बुद्ध एयरलायन्स’ले राजविराज विमानस्थलमा पनि उडान सेवालाई निरन्तरता दिएको हो ।

एयरलायन्स कम्पनीले सूचना जारी गर्दै उडान भर्ने समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार दिउँसो १२ बजेर १५ मिनेटमा काठमाडौं–राजविराज तथा दिउँसो १ बजेर १५ मिनेटमा राजविराज–काठमाडौंकालागि उडान भर्नेछ ।

सोहीअनुसार दिउँसो १ बजे ‘९एन एईडब्जु’ नम्वरको विमान राजविराज विमानस्थलमा विमान अवतरण गरेको छ । निरन्तरको झरीले निर्धारित समयभन्दा केही ढिलाई भएको जनाएको छ ।

३२ सय ५५ रुपैयाँ न्यूनतम भाडादर

एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीले हाललाई न्यूनतम भाडादर ३२ सय ५५ (ई कलाश) रुपैयाँ निर्धारण गरिएको जानकारी दिएका छन् । यसैगरी ३५ सय ५५ (सी क्लास), ३८ सय ५५ (डी क्लास), ४५ सय ५५ (बी क्लास), ५२ सय ५५ (ए क्लास) र ५९ सय ५५ (वाइ क्लास) निर्धारण गरिएको जनाएको छ ।

कोरोनासम्बन्धि स्वास्थ्य प्रोटोकल पालना गरी उडान सेवा थालिएको एयलायन्सले जनाएको छ ।

कोभिड–१९ बाट जोगिन अपनाइएको सुरक्षा सतर्कताः

Author:



क्याटोगरी छान्‍नुहोस