प्रेस काउन्सिलमा अनलाइन उजुरी बाहेकका सेवा स्थगित

जनकपुरधाम, ३ कार्तिक । प्रेस काउन्सिल नेपालले अनलाइन उजुरी बाहेकका अन्य सेवा प्रवाह स्थगित गरेको छ ।

काउन्सिलले सूचना जारी जार्दै आफ्ना ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही कर्मचारीलाई रुघाखोकी तथा ज्वरो आइरहेकोले अनलाइन उजुरी बाहेकका अन्य सेवा प्रवाह स्थगित गरिएको छ ।

सूचनाअनुसार सोमवारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस