अनलाइनमार्फत आईपीएल क्रिकेटमा सट्टेबाजी गर्ने तीन पक्राउ

विराटनगर, ३ कार्तिक । मोरङ्ग प्रहरीले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१६ का ३७ बर्षीय पुरूषोत्तम साह र ३५ बर्षीय मन्जित साह तथा विराटनगर–१५ का २८ बर्षीय अपजर अली रहेका छन् ।

उनीहरुलाई विराटनगर–१६ स्थित भट्टीमोडबाट ठुलो रकमसहित पक्राउ गरिएको १ नम्वर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यूएईमा जारी आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार भइरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आइतवार राति साढे ११ बजे पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट नगद २८ हजार ५ सय रुपैया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल बरामद गरिएको छ ।

उनिहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नकालागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुमाथि कानुनी कारबाही अगाडी बढाईएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस