धरानमा उपचाररत सप्तरीका थप एक कोरोना संक्रमित युवकको मृत्यु

राजविराज, १८ कार्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

महादेवा वडा नम्वर ६ का ३० वर्षीय युवकको सोमवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि युवकलाई आकस्मिक कक्षमा भर्ना भएको थियो ।

सोही क्रममा उनको कोरोना परीक्षण रिपोर्ट सोमवार नै पोजेटिभ आएको र थप उपचारको लागि कोभिड अस्पतालमा भर्ना गर्न नपाउँदै मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार मृतक युवकमा कुनै दीर्घ रोग पनि थिएन् ।

यता, स्वास्थ कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले युवकको शव व्यवस्थापन नेपाली सेना गरिसकेको जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस