सप्तरी क्षेत्र नम्वर २ को बजेट विद्यालयको भौतिक पूर्वाधारमा खर्चिने

राजविराज, २७ कार्तिक । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सप्तरीको संसदीय निर्वाचन क्षेत्र नम्बर २ मा तीन विद्यालयको भौतिक पूर्वाधारकालागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जिल्ला समन्वय समितिको बैठक कक्षमा विहीबार सम्पन्न कार्यक्रम परामर्श समिति र निर्देशक समितिको बैठकले यो आर्थिक वर्षको रकम भौतिक पूर्वाधारमै खर्च गर्ने सर्वसम्मत निर्णय गरेको हो । निर्वाचन क्षेत्रको परामर्श एवम् निर्देशन समितिको संयोजक समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष सांसद उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सातैन श्रीलाल माध्यमिक विद्यालय महदेवालाई आठ कोठे भवन निर्माणकालागि एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी माध्यमिक विद्यालय लौनियाँको ६ कोठे भवन निर्माणकालागि एक करोड ३० लाख र माध्यमिक विद्यालय बथनाहाको ६ कोठे भवन निर्माणमा १ करोड ३० लाख रुपैयाँ खर्चिने निर्णय भएको जिल्ला समन्वय समिति सप्तरीका नायव सुब्बा गंगाराम साहले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, प्रदेश सांसदहरु प्रमिला देवी यादव, दुलारी देवी खङ्ग, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल (कुरुड) लगायतको सहभागिता रहेको थियो ।

यसअघि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सप्तरीको संसदिय निर्वाचन क्षेत्र नम्बर २ को सम्पूर्ण बजेट अर्थात ४ करोड रुपैयाँ गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा नर्सिङ कलेजको भवन निर्माण तथा गत वर्षको चार करोड रुपैयाँ महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग कलेजको भवन निर्माणमा लगाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780