कार चोरीमा संलग्न चार जना पक्राउ

सुनसरी, २८ कार्तिक । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संलग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नम्वर १ का २० बर्षीय प्रदिप चौधरी, ईटहरी १३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । गत असोज २९ गते राती सुनसरीको ईटहरी उपमहानगरपालिका १२ खनारका पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा ९ च ३४०३ नम्बरको कार असोज ३० गते मोरङको मंगलवारेमा बेवारीसे अवस्थामा फेला परेको थियो ।

कार फेला परेसँगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेकाहरुमध्ये प्रदिप चौधरीलाई कार्तिक २३ गते राती पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य सामानहरु मोवाइल, बिभिन्न बैकका एटिएम कार्डहरु सहित ईटहरी १२ बाट पक्राउ गरिएको थियो ।

निजलाई पक्राउ गरिएसंगै उक्त घटनामा संग्लग्न रहेका अन्य तीन जनालाई समेत पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस