कोरोनाबाट सप्तरीका एक जनस्वास्थ्य अधिकृतको निधन

राजविराज, ७ मंसिर । सप्तरीका एक जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट निधन भएको छ । दुई साताअघि कोरोना संक्रमण पुष्टि भएसँगै नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत राजविराज–२ का ५० वर्षीय जनस्वास्थ्य अधिकृतको निधन भएको हो ।

उपचारकै क्रममा उनको गए राति करिब ११ बजेतिर निधन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । मृतक सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत थिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस