सप्तरीमा साढेले हानेर वृद्धाकाे मृत्यु

राजविराज, २८ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा गए राति साढेले हानेर एक वृद्धाकाे मृत्यु भएको छ । सार्वजनिक रुपमा छाडिएको साढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिडिरहेकी ८० वर्षीया दुर्गी देवी साहकाे मृत्यु भएको हाे ।

पछाडीबाट साढेले हानेर घाईते भएकी साहकाे उपचारकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

शवकाे कानुन अनुसार मुचुल्का लगायतकाे कार्य भईरहेकाे जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस