‘अरुकोलागि लड्यौं पटक–पटक, आफ्नोलागि लडौं यस पटक’ [फोटोफिचर]

राजविराज, १ फागुन । राजविराजमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान आजबाट सुरु भएको छ । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा पूर्वमा राजविराज र पश्चिममा दैलेखबाट अभियान सुरु भएको हो ।

दश हजारबढीको सहभागीमा राजविराज रंगशालाबाट र्याली निकालिएको छ । र्यालीका सहभागीहरुले ‘अरुकोलागि लड्यौं पटक–पटक, आफ्नोलागि लडौं यस पटक’, ‘दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर’, ‘दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाही गर’ लगायतका नारा लगाइरहेका छन् ।

सो र्यालीले नगर परिक्रमा गरेपछि पुनः रंगशालामा पुगेर कोणसभामा परिणत हुने अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले मधेश लाइभलाई जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस