इटहरीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

इटहरी । इटहरीको आँपगाछीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रिपरको ठक्करबाट स्थानिय कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार आइतबार दिउँसो इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ -०२ -००१ ख ८६६५ नम्बरको टिपरले ठक्कर दिएको हो । ठक्कर दिने सवारी र सवारी चाकल इटहरी १९ का २९ वर्षीय अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरले जानीजानी ब्याक गरी मारेको भन्दै आफन्त र स्थानीयले इटहरी धरान सडक खण्ड पूर्ण रूपमा बन्द गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस