पछिल्लो २४ घण्टामा ३६७ संक्रमित थपिए, १४२ जना डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घन्टामा थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। ३१ सय २५ नमूनाको पीसीआर परीक्षण गराउँदा ३६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार  ३०३ पीसीआरबाट र ६४ जनाको एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो।

डा.गौतमका अनुसार गत २४ घन्टामा १४२ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ९७.९ हो। यस्तै मन्त्रालयका अनुसार आइतबार ९९ जना आइसीयुमा भर्ना भएकामध्ये १५ जना भेन्टिलेटरमा उपचारत छन्। ८३ जना क्वारेन्टाइनमा छन्। काठमाडौं उपत्यकामा मात्रै १५४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंका १२८, भक्तपुर ११ र ललितपुरमा १५ जना गरी १५४ जनामा संक्रमण देखिको हो।

कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डका नियम अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस