पछिल्लो २४ घण्टामा प्रदेश २ मा थपिए २५९ कोरोना संक्रमित

जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका १४१, धनुषाका ४६, बाराका २३, रौतहटका १७, महोत्तरीका १५, सिरहाका ७, सर्लाहीका ६, सप्तरीका १ र अन्य जिल्लाका ३ जना गरी २ सय ५९ जना संक्रमित थपिएका हुन्।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८७ पुगेको छ। आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।

यस्तै, प्रदेशको सप्तरीमा ४४, सिरहामा २९, धनुषामा २४९, महोत्तरीमा ६९, सर्लाहीमा १६, रौतहटमा ११६, बारामा २१८ र पर्सामा १ हजार ५७ गरी जम्मा १ हजार ७९८ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ८६४ रहेको निर्देशनालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780