सप्तरीमा दुई कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु

राजविराज, १५ जेठ । सप्तरीमा थप एक महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पछिल्लो २४ घण्टामा थप जना संक्रमितको मृत्यु भएको हो ।

सप्तकोशी नगरपालिका–९ का ७७ वर्षीय पुरुष र हनुमाननगर कंकालिनी नगरपालिका–१० की ७० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

उनका अनुसार जेठ ९ गते संक्रमण पुष्टि भएको पुरुषको हिजो (शुक्रवार) र १३ गते संक्रमण पुष्टि भएको महिलाको आज (शनिवार) मृत्यु भएको हो ।

योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (गत वैशाख २ गतेपछि) मा संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । यसअघि पहिलो लहरमा (चैत ३१ गतेसम्म) कोरोनाबाट यहाँ ४१ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस