कोरोनाका कारण आइपिएल २०२१ स्थगित

जनकपुरधाम । कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापटिल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो।

आइपिएलअन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो।

बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो।

चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो।

यसअघि सोमबार चेन्नईका सिइओ विश्वनाथनसहित बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो।

कोलकताका दुई जना खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित भएको थियो। कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना लागेको थियो।

आइपिएलमा यसअघिका २९ खेलसम्म कोरोनाको असर देखिएको थिएन। कोलकता र बैंग्लोरबीचको ३०औं खेलदेखि भने असर देखिएको हो।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ४ लाख बढीमा संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु हुने गरको छ।

Author:



क्याटोगरी छान्‍नुहोस