नगरपालिकाका कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेपछि…

राजविराज, २१ वैशाख । कर्मचारीहरु कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सप्तरीको राजविराज नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

नगरपालिका कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै राजविराज पोलिटेक्निक इन्सटिच्यूटमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको र उनीसँग नगरपालिकाका कर्मचारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेको जनाएको छ ।

कर्मचारीहरुको पनि परिक्षण गर्नेपर्ने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मकालगि नगरपालिका तथा मातहतका कार्यालयहरुबाट अत्यावश्यक बाहेकका सवै सेवा बन्द रहने मेयर शम्भुप्रसाद यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

मेयर यादवले कोभिड–१९ संक्रमणबाट सुरक्षित भएर रहन नगरवासीमा आग्रह समेत गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस