प्रदेश २ मा झण्डै साढे तीन हजार सक्रिय कोरोना संक्रमित

जनकपुरधाम, २२ वैशाख । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार ९४ महिला र २२७ जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी पर्सामा संक्रमित थपिएको निर्देशनालयको तथ्यांकमा छ । पर्सामा मात्रै ८७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी धनुषामा ८० जना, महोत्तरीमा ४१ जना, सप्तरीमा ४० जना, सिरहा ३८ जना, बारामा २४ जना, सर्लाहीमा ३ जना, रौतहटमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य संक्रमित छ जना भने प्रदेश बाहिर हुन् । योसँगै प्रदेशमा ३ हजार ४९५ सक्रिय संक्रमित पुगेको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस