आज विश्वासको मतमा मतदान

जनकपुरधाम, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतमा मतदानमा कोरोना संक्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित मतदानको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ । कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै विश्वास मतको प्रक्रियालाई पनि सोमबार नै टुङ्गो लगाउने निर्णय पनि गरेको छ ।

दलीय प्रतिनिधित्वमा शीर्ष नेताहरूले मात्र मन्तव्य दिएर सोमबार नै मतदान प्रक्रिया अगाडि बढाउने समझदारी कार्यव्यवस्थामा बनेको हो । प्रतिनिधि सभामा हाल २७१ जना कायम संख्या छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सदस्य आवश्यक पर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस