सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

जनकपुरधाम । नेपाली बजारमा पुनः सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

यसैगरी आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस