प्रदेश २ सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

जनकपुधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेशसभामा प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

कोरोनाबाट जोगाउन संघीय सरकारसँग सहकार्य गरी सबै प्रदेशबासीलाई खोपको सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ । कोरोना नियन्त्रण र उपचारका लागि सार्वजनिक नीजि साझेदारीको नीति अबलम्बन गरिनेछ ।

प्रकोप तथा महामारीबाट हुने मृत्युदर कम गर्न सुविधायुक्त प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रको स्थापना गर्नेछ । प्रादेशिक अस्पताल जनकपुरलाई ५ सय शैयामा सहितको अत्याधुनिक विविशष्टकृत अस्पतालमा स्तरोन्न्ती गरि स्वास्थ्य सेवा उपलब्ध सरकारले घोषणा गरेको छ । महामारी तथा आकस्मिक रोगहरुको उपचारका लागि प्रादेशिक तथा जिल्ला अस्पतालहरुमा विशेष व्यवस्था मिलाइने भनिएको छ ।

महामारीले जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न आवश्यक्ताअनुसार गुणस्तरीय क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न मणिपालमा कोभिड अस्पताल निर्माणमा तीब्रता, मधेस विज्ञान प्रतिष्ठान तथा प्रादेशिक अस्पतालमा भेन्टिलेटर र अक्सिजन सुविधा दिने नीति तथा कार्यक्रममा समेटेको छ ।
त्यसैगरी दलित सशक्तीकरण ऐनले व्यवस्था गरेका प्रदेशभित्रको दलितलगायत सीमान्तकृत तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक जिल्लामा स्रोतसाधान सम्पन्न प्रविधिमैत्री दक्ष जनशक्तियुक्त एउटा नमुना विद्यालय स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

चुरे संरक्षणमा विशेष सहयोगको घोषणा गर्दै स्थानीय तह, संघीय सरकारसँग समन्वय गरी चुरे संरक्षण गर्ने नीति लिएको छ । एक जिल्ला एक पर्यटन केन्द्र बनाएर प्रदेश पर्यटन विकास गर्ने सरकारले नीति लिएको छ । कृषि व्यवसाय प्रवर्द्धन गर्न मूल्य निर्धारणमा कृषकको मुख्य भूमिका, कृषि बीमा, कृषि सडक, कृषि विद्युतीकरण र कृषि सिँचाइ प्राथमिकतामा राखिएको छ । कृषिको मझौला उद्योगको कर राजस्व छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेनरी सेवालाई प्रभावकारी बनाउने नीति सरकारले लिएको छ ।

यसैगरी सरकारले पुरानै अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘जहाँ सडक, त्यहीँ विकास’, पोखरी सौन्दर्यीकरणलगायतका कार्यक्रम तथा अभियानलाई निरन्तरता दिएको छ । यसैगरी प्रदेशको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया तथा सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालनमा ल्याउने घोषणा प्रदेश सरकारले गरेको छ ।

हेर्नुहोस् पूर्णपाठः

वार्षिक नीति तथा कार्यक्रम अन्तिम परिमार्जित 02_24-2
Author:



क्याटोगरी छान्‍नुहोस