सप्तरीमा हतियारसहित भारतीय नागरिक पक्राउ

राजविराज, २९ जेठ । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल छन् ।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई हिजो साँझ पक्राउ गरेको हो ।

हतियारसहित मण्डल नेपाल प्रवेश गर्न लागेका मण्डललाई बोदे बरसाईन–९ स्वर्णपट्टीस्थित दशगज्जा क्षेत्रबाट पक्राउ गरिएको छ ।

मण्डललाई हतियारसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस