हुलाकी सडक हिलाम्य हुँदा सास्ती, सर्वसाधारण आक्रोशित

राजविराज, २ असार । तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग अन्तर्गत सप्तरी सडकखण्डमा निर्माण कार्य ढिलाई हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

२०७४ पुस १४ गते सम्झौता गरेर सडक निर्माण कार्य थालिएको छ । तर, ०७७ असार २८ गतेभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडक अझैं हिलाम्य रहेकाले सर्वसाधारणलाई सास्ती भएको हो ।

निर्माण कम्पनीको लापरबाहीले अहिले सडकमा पैदल हिँडेर यात्रा गर्न पनि कठिन भएको भन्दै सर्वसाधारणहरुले आन्दोलित भएका छन् ।

निर्माण कम्पनी विरुद्ध नाराबाजी गर्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि उनीहरुले राजविराज–६ स्थित सडक अवरुद्ध गरेको छ । सडकलाई हिडडुल गर्ने लायकको नबनाएसम्म सडक अवरुद्ध नै राख्ने उनीहरुको अडान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस