अटोमेटिक पेस्तोल र गोलीसहित चौधरी पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाबाट अटोमेटिक पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० बर्षीय पर्शुराम चौधरी छन् ।

चौधरीले घरमा हतियार लुकाएर राखेको भन्ने बिशेष सुचनाको आधारमा गए राति जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मेन इन यूएसए लेखिएको अटोमेटिकसहित पक्राउ गरेको हो ।

पेस्तोलसहित ५ राउण्ड गोली, अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओवादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

चौधरीमाथि उप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस