समानुपातिकको बन्दसूचीबाट हटाइयो ५५० जनाको नाम

जनकपुरधाम – निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।

आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Author:



क्याटोगरी छान्‍नुहोस