गायिका अन्जु यादवले मनाइन् डोम बस्तीमा छोरीको जन्मदिन

राजविराज – गायिका अन्जु यादवले अभिभावकत्व ग्रहण गरेका डोम बालबालिकासँग बुधवार आफ्नी छोरीको पहिलो जन्मदिन मनाएकी छन् । धनुषाको लक्षमिनियाँ गाउँपालिकास्थित सोहनी निवासी यादव सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित डोम बस्तीमा पुगेर आफ्नी १ वर्षीया छोरी हिमान्सी यादवको जन्मदिन मनाएकी हुन् ।

‘यहाँका बालबालिकासँग पहिलेदेखि नै लगाव भएर छोरीको पहिलो जन्मदिन पनि यहीँ आएर मनाउन पाउँदा खुशी भएकी छु’ उनले भनिन्, ‘मेरो माइती घर विष्णुपुर गाउँपालिका १ खुरहुरियामा छ तर हाल बसाई काठमाडौं हो, त्यहाँ मनाउँदा पनि हुन्थ्यो तर यहाँ मैले अभिभावकत्व ग्रहण गरेका तीन जना छोरीहरु छन्, यिनीहरुसँगै खुशी साट्न पाउँदा मलाई बढी खुशी लाग्छ ।’

अन्जुले २०७५ वैशाख २३ गते विद्यालय भर्ना अभियान चलेको बेला विद्यालय बाहिर रहेका ती बस्तीकी शान्ति मरिक, सजन मरिक र पिंकी मरिकको अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराएकी थिइन् ।

‘त्यति बेला अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराएपछि मैले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएकी छु नै, काठमाडौं बसाई भएपछि चाहेकै बेला रेखदेख गर्न पाइरहेको हुदिनँ’ उनले भनिन्, ‘यद्यपी, समय मिलाएर आइरहन्छु र आफुले व्यक्तिगत खर्चबाट हुनसक्ने लत्ताकपडा र शैक्षिक सामग्री ल्याइदिरहन्छु ।’

छोरीको जन्मदिनको अवसरमा अन्जुले बस्तीभरिका बालबालिकालाई लुगा समेत बाँडेकी थिइन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस