सरकार गठनमा सभामखुलाई गणना नगराउन एमालेको ध्यानाकर्षण

विराटनगर – कोसी प्रदेश सरकार गठनको दाबी गर्दा बहुमत सिद्ध गर्न सभामुखलाई गणना नगर्न नेकपा (एमाले)ले ध्यानाकर्षण गराएको छ ।

सभामुख बाबुराम गौतमलाई समेत गणना गरी सरकारको दाबी पेस गर्न लागिएको भन्दै एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएका हुन् ।

दलका नेताको तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज ज्ञापनपत्र बुझाउँदै सभामुखले दल परित्याग गरी स्वतन्त्र हैसियतमा बसेको अवस्थामा गठबन्धनका तर्फबाट गणना गरिएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

आफूले असार १५ गते विश्वासको मत लिँदा ४६ मत प्राप्त गरेको जनाउँदै आज गठबन्धनले संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठनको दाबी पेस गर्न लागेको र सभामुखलाई गणना नगर्दा बहुमत संख्या पुग्न नसक्ने कार्कीले दाबी गरेका छन् ।

सरकार गठनका लागि सभामुखलाई गणना गर्दा संविधान, कानुन, संसदीय मूल्य मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवं अभ्यासविपरीत हुने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको छ ।

गठबन्धन दलका तर्फबाट आज नेपाली कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । गठबन्धन दलसँग कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा ९एकीकृत समाजवादी०का चार र जसपाका एकजना सांसद छन् ।

माओवादीबाट सभामुख छन् । उनको संख्यासमेत जोड्दा गठबन्धनसँग बहुमत पुग्ने ठिक्क संख्या ४७ पुग्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस